२०८२ जेठ ३२ शनिवार

राशिफल

आज नेकपा एमालेले देशको आर्थिक अवस्थाबारे जानकारी गराउने

काठमाडौँ :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको आर्थिक अवस्थाबारे जानकारी गराउने भएको छ।

पार्टीका तीन जना पूर्व अर्थमन्त्रीको र दुई जना राष्ट्रिय योजनाका आयोगका उपाध्यक्षको उपस्थितिमा आज पत्रकार सम्मेलन मार्फत देशको आर्थिक अवस्थाबारे जानकारी गराउने भएको हो । आज ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा दिउँसो २ बजे पत्रकार सम्मेलन गरिने जनाएको छ ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्धय डा दिनेशचन्द्र देवकोटा र प्रा डा पुष्पराज कँडेलको उपस्थितिमा एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि आक्रोशित एमालेले त्यसबारे पनि पार्टीको धारणा राख्ने बु्झिएको छ ।