२०८२ जेठ ३२ शनिवार

राशिफल

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आजदेखि सुरु

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आजदेखि सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् एनएचआरसीले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन आइतबारदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ताहरु, जनस्वास्थ्यविद्हरु, जनसंख्याविद्हरु, नीति निर्माणकर्ताहरु ​तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण र अन्तर विषयात्मक अनुसन्धानका निश्कर्ष सम्बोधन गरिने एनएचआरसीका सदस्य सचिव प्रदिप ज्ञवालीले बताए ।

उक्त तीन दिने सम्मेलनका लागि स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बधित स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड १९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम् विश्वव्यापी स्वास्थ्य बायोमेडिकल र टान्लेसन अनुसन्धान विषयमा अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धान बारेमा १५३ वटा अनुसन्धान मूलक कार्यहरु परिषद्मा पेश गर्ने डा. ज्ञवालीले जानकारी दिए ।