२०८२ जेठ ३२ शनिवार

राशिफल

साउदीमा २१ नेपाली अलपत्र

काठमाण्डौ : रोजगारीका क्रममा साउदी अरब पुगेका २१ नेपालीलाई कम्पनीले तोकिएको सेवा सुविधा नदिएपछि अलपत्र परेका छन्। म्यानपावरसँग राम्रो काम र पारिश्रमिकको सम्झौता गरेर ६ महिना अघि साउदी पुगेका उनीहरूले तोकिएको तलब र सुबिधा त पाएनन् नै कम्पनीबाट समेत निकालिएका छन्।

मार्स सर्भिस म्यानपावरले ७ अक्टोबर २०२१ मा इन्टरनेसनल सामा एन्ड मेन्टेनस कम्पनीमा उनीहरूलाई पठाएको थियो। कम्पनीले २१ जनाकै राहदानी राखेर निकाली दिएको पीडितहरूले बताए। कम्पनीबाट निकालिनेमा सिन्धुलीका ४, काभे्रका २, कास्कीका ३, सर्लाहीका २, तनहुँका ३, बैतडी ३, पर्वत २, हेटौंडा र पर्वतका १र१ जना छन्।

अलपत्र सिन्धुलीका विष्णु वाइबा, सन्तोष पाख्रिन, अमृत पोख्रेल र राजु भुसाल काभ्रेका तुलरीन जिम्बा र जोन घलान, कास्कीका सागर राना भाट, सुवास विक र विराट थापा, सर्लाहीका वीरबहादुर डोङ र दीपककुमार सिंह, तनहुँका बलबहादुर थापा तनहुँ, टेकबहादुर आले र खेमबहादुर थापा, बैतडीका हरिस साउद, पदम साउद र जनक मेहता, पर्वतका जनक लामिछाने र किरज कुँवर साथै हेटौंडाका पर्वत घिसिङ हेटौडा र गोरखाका वुद्धी वहादुर गुरुङ हाल नेपालीको सरणमा छन्।

उनीहरूलाई साउदीको रियाद वथामा रहेको नेपाली होटल लालीगुराँसका सञ्चालक यम तमुले नेपालीहरूसँगको सहकार्यमा खाना र बस्नको व्यवस्था गर्दै आएका छन्।

पीडितका अनुसार नेपालमा म्यानपावरले दिराममा १ हजार तलब र ३ सय ओभर टाइम दिने सम्झौता गरेको थियो। तर, कम्पनीले सुरुवातमा नै ओभरटाइमको २ सय मात्रै दिए र तीन महिनापछि ८ सय तलब र २ सय दिराम दिएर ठगेको पीडित मध्येका एक बैतडीका हरिस साउद बताउँछन्।