२०८२ जेठ ३१ शुक्रबार

राशिफल

काठमाडौंमा मुद्दा हेर्नेगरी एसपीलाई खटाउने

काठमाण्डौं : महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा हेर्नेगरी प्रहरी उपरीक्षक एसपीलाई खटाउने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार परिसर काठमाडौंमा एसपी सानुराम भट्टराईलाई काज सरुवा गरेका हुन् ।

मुद्दाको चापका कारण अनुसन्धान र अभियोजन प्रणाली त्रुटिरहित बनाउन छानविन समितिले गरेको सिफारिसका आधारमा एसपी खटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

पेसेवर अपहरणकारी समूहका सदस्य दुर्गाबहादुर बुढाथोकीले पर्याप्त प्रमाण अभावमा सफाई पाएपछि अनुसन्धानमा भएको कमजोरी पत्ता लगाउन महानगरीय प्रहरी कार्यालयले छानविन समिति गठन गरेको थियो ।