काठमाडौँ : नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले सकारात्मक हस्तक्षेप नगर्ने हो भने देश श्रीलंकाको जस्तो आर्थिक संकटमा पुग्ने बताएका छन् ।
देशको अर्थ व्यवस्थाबारेमा एमालेद्वारा आज आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले प्रधानमन्त्री वा मन्त्रीको भाषणले मात्रै संकट हुनबाट रोक्न नकस्ने बताएका हुन् ।
‘सार्थक हस्तक्षेप गरेर समस्या समाधानका लागि सकारात्मक कदम नचालेमा श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने पौडेलले भने ।उनको भनाइ अनुसार नेपालको आर्थिक अवस्था निकै कम्जोर भइसकेकाले नै समयमा नै ध्यान पुर्याउनृपर्छ ।
तपाइँको प्रतिक्रीया