काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् ।
आज आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन राष्ट्र बैंकलाई पत्र लेखेको भन्दै उक्त काम कानुन विपरीत हुने उनले बताए ।
विदेशबाट आएको रकम राष्ट्र बैंकले छानबिन गरिरहेको विषयमा अर्थमन्त्रीले पैसा फुकुवा गर्न निर्देशन दिएको आफूले सुनेको उनले समेत उनले उल्लेख गरेका छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेका अनुसार ‘अनुसन्धान गर्ने अधिकारीले अनुसन्धान गरिरहेका बेला यो पैसा दे र त्यो नदे भन्ने हो भने अनुसन्धान गर्ने संस्थाले ठीक ढंगले काम गर्न सक्दैन ।
श्रीलंकामा अर्थमन्त्री भाग्ने भन्ने सुन्दैगर्दा नेपालमा पनि त्यो दिन नओस उनले भने ।
नेपालमा अनुसन्धान गर्ने निकाय बलिया भएमा अर्थमन्त्री कारबाहीको दायरामा आउने पूर्वअर्थमन्त्री पाण्डेको भनाइ छ ।
‘यदि हाम्रो एजेन्सी दह्रा हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ?
तपाइँको प्रतिक्रीया