काठमाडौं : दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् ।
आगामि वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेसँगै अध्यक्ष वलीले आफूले प्रयोग गर्दै आएको लु १ झ ६१६ नम्वरको जीप आज आइतवार कार्यालयलाई बुझाएका हुन् ।
आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया