काठमाडौं : हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको बैठक आज बस्ने भएको छ ।
हेटौँडा उपमहानगरपालिका–८, कमानेमा एमालेको उपमहानगर कमिटी बैठक बस्ने तय भएको हो ।
बैठकले आसन्न निर्वाचनका लागि एमालेबाट हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदका उम्मेदवार टुङ्गो लगाउने जनाएको छ ।
हेटौँडाको मेयर र उपमेयर पदका उम्मेदवार सर्वसम्मतिबाट टुङ्ग्याउने तयारी भएको एमालेको उपमहानगर कमिटीका एक नेताले जानकारी दिएका हुन् । सहमति जुट्न नसकेको खण्डमा भने मतदानको प्रक्रियाबाट उम्मेदवार टुङ्गो लगाउने उनको भनाइ छ ।
हेटौँडा उपमहानगरपालिकामा मेयर पदका लागि एमालेभित्र ७ जना आकाङ्क्षी देखिएका छन् ।
तपाइँको प्रतिक्रीया