काठमाडौं : पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका मन्त्रीहरुले चुनावका लागि खुलमखुला पैसा मागिरहेको आरोप लगाएका छन् ।
नेकपा एमालेले गरेको पूर्वअर्थमन्त्रीहरुको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले यस्तो बताएका छन ।
सरकारका मन्त्री विवादास्पाद अभिव्यक्ति दिने, कमाउधन्दामा लाग्ने र नमिल्ने कर्मचारीमाथि जाइ लाग्ने, ठेक्का पट्टामा सेटिङ गर्नेजस्ता परिपाटीले नेपालको आर्थिक नाजुक बन्न पुगेको उनले बताएका हुन ।
‘मन्त्रीहरु निर्वाचनका लागि भनेर खुलाखुला पैसा मागिहरहेको बेला व्यवसायीहरु मारमा परेका छन ।
अर्थतन्त्र गम्भीर संकटको मोडमा पुग्दा पनि सरकारले केहि चासोको विषय नबनाएको समेत उनले बताएका छन ।
सरकारले लिएको गलत आर्थिक नीतिल पुँजीगत खर्चको लागत बढ्ने अवसथा आएको खतिवडाले बताए ।
९ महिनासम्म वाणिज्य तथा आपूर्ति मन्त्री नहुँदा बजार नियमन हुन नसकेको भन्दै उनले अहिले देश श्रीलंका त हुँदैन भन्ने प्रश्न उठिरहेको बताएका छन ।
‘बाह्य क्षेत्र संकटग्रस्त दिशामा अघि बढेको भन्दै यो वर्ष मात्रै २० खर्ब ब्यापार घाटा हुने अवस्था देखिएको छ, यसको लागि हाम्रो स्रोतले नपुग्ने हो भने कसरी पूर्ति हुन्छ, उनले प्रश्न गरे । अब का दिनमा पनि सरकारले अन्य विषयलाई ध्यान दिन सकेन भने नेपालको अवस्था महागरिबी हुने समेत उनले बताएका छन् ।
तपाइँको प्रतिक्रीया