काठमाडौं : नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक तथा वरिष्ठ क्याप्टेन केबी लिम्बु स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
आज आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पूर्वमहानिर्देशक लिम्बु र ‘परिर्वतनका लागि हाम्रो आवाज’ का संयोजक साजन विश्वकर्मा स्वागत नेपालले नेतृत्व गरेको पार्टीमा प्रवेश गरेका हुन् ।
वायुसेवा निगमका महाप्रबन्धक केबी लिम्बुलाई अध्यक्ष स्वागत नेपालले संस्थापक सदस्यता प्रदान गरेका थिए ।
यसैगरी, आज ‘परिवर्तनका लागि हाम्रो आवाज’का संयोजक साजन विश्वकर्माले पार्टीको संस्थापक सदस्यता ग्रहण गरेसँगै अभियान पनि आजदेखि उन्नत लोकतन्त्र पार्टीमा समाहित भएको जानकारी दिएको समेत जनाएका छन ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष नेपालले वायुसेवा निगममा हुने जरैदेखिको भ्रष्टाचारलाई निर्मुल पार्ने एक व्यक्ति केबी लिम्बु भएको बताएका छन् ।
तपाइँको प्रतिक्रीया