२०८२ जेठ ३१ शुक्रबार

राशिफल

राप्रपालाई असफल हुने छुट नभएको राजेन्द्र लिङ्देनको दावी

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् ।

राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताए ।

देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको
उनले आरोप लगाए ।

‘पटक पटकको आन्दोलन तथा झूटा भाषणबाट ल्याएको व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्था परिवर्तन नभएको उनले दावी गरेका छन ।

सीमित नेताहरुले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको समेत उनले दावी गरेका छन । राजनैतिक उथलपुथलका कारण लाखौँ युवाहरु बेरोजगार भएको उनले बताएका छन ।