२०८२ जेठ ३१ शुक्रबार

राशिफल

राससको सञ्चालक समिति सदस्यमा शङ्कर खरेल मनोनीत

काठमाडौं  :  राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक सदस्य पदमा मोरङका वरिष्ठ पत्रकार शङ्कर खरेल मनोनीत भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यही चैत २२ गतेको (मन्त्रिस्तरीय) निर्णयानुसार विराटनगर–३, मोरङका पत्रकार खरेल राससको सञ्चालक सदस्यमा मनोनीत भएका हुन् ।

मन्त्रालयले उनलाई रासस ऐन, २०१९ को दफा ८ को उपदफा १० बमोजिम चार वर्षका लागि सदस्यमा मनोनयन गरेको जनाएको छ ।

०४४ मा पुष्पाञ्जली साप्ताहिक र सन्देश दैनिकबाट पत्रकारिता सुरु गरेका पत्रकार खरेल त्यसयता निरन्तर पत्रकारितामा सक्रिय छन् ।

विसं २०४८ मा विमर्श साप्ताहिकमा काम गरेका उनले ०४९ सालदेखि कान्तिपुर दैनिकमा जिल्ला र केन्द्रमा गरी २३ वर्षसम्म निरन्तर पत्रकारिता गरेका थिए ।