काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ ।
आइतबार राति मुम्बइमा भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।
राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १६२ रनमात्रै बनायो ।
लखनउका क्विन्टन डी ककले ३९, दिपक होडाले २५, दुश्मन्था चामिराले १३, मार्कुस स्टोनिसले अविजित ३८ र क्रुनाल पाण्डयले २२ रन बनाए।
राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।
तपाइँको प्रतिक्रीया