काठमाडौं : विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाउने भएको छ । उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ ।
केन्द्रीय कार्य सम्पादन समितिले शुक्रबार बसेको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवम् केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयरको उम्मेदवमर बनाउने निर्णय गरेको हो । ३८ वर्षीया बाँस्कोटा २०७४ को प्रदशेसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवार बनेकी थिइन् ।
बाँस्कोटा र ६२ वर्षीया तुलाधरले संयुक्त घोषणापत्र छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।
तपाइँको प्रतिक्रीया