२०८२ जेठ ३१ शुक्रबार

राशिफल

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान

काठमाडौं :  पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । आज सोमबार बसेको गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले यस्तो आह्वान गरेका हुन् ।

पाँच दलका शीर्ष नेताहरुले वक्तव्यमा देशभर विभिन्न ठाउँँमा चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् ।

वक्तव्यमा शीर्ष नेताहरुले परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु परिवर्तनका विरुद्ध अझै पनि षडयन्त्र गरिरहेकोले सचेत हुन जरुरी रहेको बताइएको छ ।

‘देशको संविधानको उल्लंघन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ ।

परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको पनि वक्तव्यमा प्रस्ट पारिएको छ ।