२०८२ जेठ ३१ शुक्रबार

राशिफल

मालपोत कार्यालयका प्रमुख ५ लाख घुससहित पक्राउ

काठमडौं :  धनुषा मालपोत कार्यलयका प्रमुख सुनिलकुमार झा ५ लाख रुपैयाँ घुस लिंदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट आज सोमबार बिहान पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुसवापत रकम लिंदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख गोपालकुमार अधिकारीले जानकरी दिएका हुन ।

अहिले उनलाई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।