२०८२ जेठ ३१ शुक्रबार

राशिफल

जापान जान लागेकी महिला गोलीसहित पक्राउ

काठमाडौं  :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छिन्।

भानु नगरपालिका–७ तनहुँकी २७ वर्षीया सोविता नेपाली प्रकाउ परेकी हुन् ।

प्रहरीले उनलाई आइतबार राति अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षबाट पक्राउ गरेको हो। नेपाल एयरलाइन्सको उडानद्वारा क्वालालाम्पुर हुँदै उनी जापान जान लागेकी थिइन्।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनले बोकेको लेडिज हाते ब्यागबाट एक थान गोली बरामद गरिएको हो ।

पक्राउ परेकी महिलालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।