२०८२ जेठ ३१ शुक्रबार

राशिफल

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्न मन्त्री झाँक्री माग

काठामाडौं :  शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन् ।

नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्न माग गरेकी छिन् ।

आज सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरु प्रदूषित हुँदा बागमती नदी पनि प्रदूषित बन्न पुगेको समेत टिप्पणी गरेकी हुन ।

‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरु जो सुकै हुन् सामाजिक बहिष्कार गर्नुपर्छ । नेता सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई संरक्षण गरिरहेको छन् । यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ उनले भनिन । ‘

उनले नदी किनारका अव्यवस्थित वस्तीलाई सरकारले संयुक्त आवास कार्यक्रममार्फत् सम्बोधन गर्न सक्ने अवस्था भएपनि नदी किनारकै जग्गा पाउनु पर्ने उनीहरुको रटानका कारण थप समस्या सिर्जना भएको बताइन् ।