२०८२ जेठ २७ सोमबार

राशिफल

‘हिमालय रोडिज’को ग्राण्ड फिनाले आज

काठमाडौं :  टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’ चौथो सिजनको ग्रान्ड फिनाले आज सोमबार बेलुका हुँदैछ । नसिब तामाङ र रोशन श्रेष्ठबीच उपाधिको लागि प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिस्पर्धाका लागि दिइएको फाइनल टास्कलाई कम समयमै पूरा गर्ने एक प्रतिस्पर्धीलाई विजेता घोषित गर्ने तयारी भइसकेको छ । उक्त फाइनल टास्कको छायांकन
भने पहिला नै पर्वतको कुश्मास्थित बन्जी जम्पमा भइसकेको छ ।

शोका निर्णायकमध्येका एक रेमनदास श्रेष्ठले सोमबार बेलुका रोडिजको चौथो सिजनले विजेता पाउने बताए । विजेताले १० लाख रुपैयाँ र यामाहा मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।

‘दर्शकको आधारमा रोडिजको चौथो सिजन सफल भएको छ,’ श्रेष्ठले भने । तीन महिना अघिदेखि सुरु भएको रोडिजको पछिल्लो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए ।