काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताएका छन् ।
आज सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले परमादेशका आधारमा बनेको वर्तमान देउवा सरकार राष्ट्रियता र विकास विरोधी भएको समेत उल्लेख गरेका छन् ।
‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको उनले टिप्पणी गरे ।
उनले आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विकासलाई निरन्तरता दिने दावी समेत गरे ।
तपाइँको प्रतिक्रीया