काठामाडौं : सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनका समयमा सही सूचना प्रवाह गर्न नसक्दा मतदाता प्रभावित हुनसक्ने भएकाले सही सूचना सम्प्रेषण गरिनुपर्ने बताएका छन्
। राष्ट्रिय सूचना आयोगले आज सोमबार राजधानीमा आयोजना गरेको ‘निर्वाचनका समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्तक्रिर्याको उद्घाटन गर्दै उनले सत्यतथ्य सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यमको दायित्व अझ बढेर गएको उल्लेख गरेका हुन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन देशको महान् उत्सव भएकाले पनि निर्वाचनमा सबै जवाफदेही र निष्ठापूर्वक इमान्दार भएर लाग्नुपर्ने उनको भनाइ छ । निर्वाचनबिना लोकतन्त्र जीवित हुन नसक्ने भन्दै उनले राष्ट्र र जनताका लागि निर्वाचन अवसरका रुपमा आएको उल्लेख गरे ।
सूचनाको प्रभाव व्यापक ढङ्गले पर्दै आएको विश्वव्यापी उदाहरण दिँदै उनले सही सूचना जनतासमक्ष जति पु¥याउन सकियो त्यति नै जनता बलियो हुने बताए ।
तपाइँको प्रतिक्रीया