२०८२ जेठ ३१ शुक्रबार

राशिफल

मकवानपुका १९ मतदानस्थल अतिसंवेदनशील अवस्थामा

काठमाडौं  : मकवानपुरका १९ वटा मतदानस्थल अतिसंवेदनशील अवस्थामा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरु मध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेका हुन् । कार्यालयका अनुसार जिल्लाका ६० वटा मतदान स्थलहरु संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील (सामान्य) अवस्थामा रहेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका १० वटा स्थानीय तहमा कुल जम्मा १६५ वटा मतदानस्थल कायम गरिएको कार्यालयले जनाएको छ । त्यस्तै उक्त मतदान स्थलहरुमा ३५६ वटा मतदान केन्द्रहरू कायम गरिएको छ ।

मकवानपुरमा स्थानीय तहको निर्वाचन भयरहित, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा सुरक्षा व्यवस्था अपनाइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

विशेष सुरक्षा योजनाका आधारमा जिल्लाका करिव ४० प्रतिशत भन्दा बढी मतदान स्थल तथा मतदान केन्द्रहरूको निरीक्षण गर्ने कार्य सुरक्षा समितिका पदाधिकारीहरूबाट भइसकेको उनको भनाइ छ ।