काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भोली मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परिक्षणका लागि पठाउने भएका छन् ।
गत असारमा आएको बाढी पहिरोले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना स्थलको मर्मत भएपछि फेरी काठमाडौंमा पानी ल्याउन परिक्षण गर्न लागिएको हो ।
बाढी पहिरोले पु¥याएको क्षतिलाई ३ महिना लगाएर मर्मत गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख बासुदेव पौड्यालले जानकारी दिए । उनका अनुसार मेलम्चीमा अस्थायी बाँध बाधिँएको छ । भोली सुरुङमा पानी परिक्षण गर्ने भएकाले प्रधानमन्त्री मेलम्ची जाने तालिका सार्वजनिक भएको छ ।
प्रधानमन्त्री देउवाले बिहान सुन्दरीजलमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्ने र दिउसो मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलमा गएर पानी पठाउने कार्यक्रम राखिएको छ ।
यस वर्षको वर्षायामको बाढी पहिरोले आयोजना स्थलमा असर गरेपछि सरकारले
तपाइँको प्रतिक्रीया