२०८२ जेठ ३१ शुक्रबार

राशिफल

बच्चालाई अनाथालय छाड्ने आमालाई झिकाउन उच्च अदालतको आदेश

काठमाडौं  : उमेर नपुगी भागी विवाह गरेका एक प्रेमजोडीलाई जिल्ला अदालत कास्कीले छुट्टाइदिएको फैसलामा उच्च अदालतले आमालाई झिकाउन आदेश दिएको छ ।

उच्च अदालत पोखराले सोमबार बच्चाको लालनपालनको जिम्मेवारी आमा र बुवा दुवैको भएको भन्दै आमा कहाँ कुन अवस्थामा छिन् बुझेर पेस गर्न उच्च सरकारी वकिल कार्यालयको नाममा आदेश जारी गरिदिएको हो ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजलासले आमालाई समेत अदालतमा पेस गर्ने आदेश दिएको हो ।

यसअघि उच्च अदालत पोखराले बच्चाको बुवालाई बलात्कार ठहर गरी जेल पठाउने कास्की जिल्ला अदालतको फैसलालाई विचारणीय भन्दै झगडिया झिकाउने आदेश दिएको थियो ।