२०८२ जेठ २२ बुधबार

राशिफल

नयाँ वर्षको अवशरमा काठमाडौंको टुँडिखेलमा सांगीतिक कार्यक्रम हुने

काठमाडौं :  नयाँ वर्षको स्वागतमा आगामी वैशाख १ गते काठमाडौंका टुँडिखेलमा ‘सेलिब्रेसन’ सांगीतिक कार्यक्रम हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, सांगीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरिने जनाइएको छ ।

‘कार्यक्रममा स्वामी अरुणले सत्संग तथा ध्यान, पद्मश्रीबाट विभूषित भारतका प्रसिद्ध निर्गुण कवीरवाणी गायक प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिसहित ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहने छ ।

हास्य कलाकार मनोज गजुरेको समेत प्रस्तुति रहने कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिशा पौडेल, मोहन वीणा वादक, रोशन शर्माले समेत दर्शकलाई प्रस्तुति दिने जनाइएको छ ।