२०८२ जेठ ३१ शुक्रबार

राशिफल

प्रधानमन्त्री देउवा ‘मेलम्चीको पानी पुनःउद्घाटनमा जाने कार्यक्रम रोकियो, यस्तो छ कारण-

काठमाडौं : मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा हुने ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’मा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् ।

निर्वाचन आचार संहिता लागू भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’मा सहभागी नहुने प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा भोलि मंगलबारदेखि पानी पठाउन सुरु गरिने भएको छ ।