काठमाण्डौं : भरतपुर महानगरपालिकाको मेयर बन्न कांग्रेसका २५ जना आकांक्षीले मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमवार दुई दिनसम्म आकांक्षी उम्मेदवारहरूलाई मनोनयन गर्न भनिएकोमा २५ जनाले मेयरमा र २४ जनाले उपमेयरमा नाम दर्ता गराएका हुन्।
मेयरको उम्मेद्वार बन्नका लागि मनोनयन दर्ता गराउनेमा पार्टी केन्द्रीय सदस्य दिनेश कोइराला,पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी छन् ।
यस्तै दीर्घमान श्रेष्ठ, निलकण्ठ रिजाल, गौरी कुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान,शम्भुप्रसाद अर्याल,भरत गुरुङ र मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा.डा.केशवभक्त सापकोटा, टेकप्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा। सूर्यकान्त घिमिरे,हिरामणि अधिकारी र घनश्याम दवाडीले पनि नाम दर्ता गरेका छन् ।
उपमेयरका लागि टकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देबेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजिब न्यौपाने, बीरेन्द्र केसी, भुपतिदास सापकोटा, केदारनाथ बराल, रबिभद्र शर्मा खनालले नाम लेखाएका छन् ।
यसैगरी निर्मलराज पौडेल,सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ,एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ , बिनु रायमाझी पौडेल ,बिजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसीले पनि उपमेयर बन्न दाबी पेश गरेको नेपाली कांग्रेस भरतपुर महानगरका सचिव कृष्ण बगालेले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया