२०८२ जेठ ३१ शुक्रबार

राशिफल

२०७७ कै मूल्य लागु हुने भयो यसवर्ष पाठ्यपुस्तकमा

काठमाडौं : यसवर्ष पाठ्यक्रम विकास केन्द्रले विद्यालय तह कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ कै मूल्य लागू गर्न निर्देशन दिएको छ ।

केन्द्रले सूचना जारी गर्दै कक्षा १ को मातृभाषा र स्थानीय विषयबाहेकको जम्मा मूल्य ५१८ रुपैयाँ चार पैसा, कक्षा दुईको मातृभाषा (स्थानीय विषयबाहेकको जम्मा मूल्य ५५६ रुपैयाँ आठ पैसा, कक्षा ३ को मातृभाषा र स्थानीय विषयबाहेकको जम्मा मूल्य ५८० रुपैयाँ आठ पैसा, कक्षा ४ को मातृभाषा (स्थानीय विषयबाहेकको जम्मा मूल्य ६०२ रुपैयाँ आठ पैसा, कक्षा ५ को मातृभाषा÷स्थानीय विषयबाहेकको जम्मा मूल्य ४०८ रुपैयाँ एक पैसा तोकिएको उल्लेख गरेको छ ।

त्यस्तै गरी कक्षा ५ को मातृभाषारस्थानीय विषयबाहेकको जम्मा मूल्य बाहेकको ७१२ रुपैयाँ आठ पैसा, कक्षा ७ को मातृभाषारस्थानीय विषयबाहेकको जम्मा मूल्य ७५२ रुपैयाँ चार पैसा, कक्षा ८ को मातृभाषा(स्थानीय विषयबाहेकको जम्मा मूल्य ७६१ रुपैयाँ तीन पैसा तोकिएको छ ।

मन्त्रालयले कक्षा नौ को अनिवार्य सबै विषयको मूल्या ७७४ रुपैयाँ चार पैसा, कक्षा दशको अनिवार्य विषय सबैको ४९६ रुपैयाँ पाँच पैसा, कक्षा ११ को अनिवार्य तीन विषयको जम्मा २७० रुपैयाँ ६ पैसा र कक्षा १२ को अनिवार्य तीन विषयको ३२३ रुपैयाँ ९ पैसा ताकेको छ ।