२०८२ जेठ २१ मङ्गलबार

राशिफल

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाउने, कहिलेबाट आउँछ धारामा ?

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा आजदेखि पानी पठाउने भएको छ । मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ गरी पानी पुनस् पठाउन थालिएको हो ।

अहिलेसम्म पथान्तरणको औपचारिक सुरुआत र विभिन्न चरणमा भएका उद्घाटन जोड्ने हो भने यो मेलम्चीको सातौं औपचारिक उद्घाटन हुनेछ । आजदेखि पानी पठाउन सुरु गरिए पनि धारामा आउन भने नयाँ वर्ष नै कुर्नुपर्ने छ ।