२०८२ जेठ ३१ शुक्रबार

राशिफल

निर्वाचनको रकेट छुटिसकेको छ, गन्तव्यमा पुर्‍याउन नसके दुर्घटना हुन्छ – थपलिया

काठमाण्डौं : निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन तयारी रकेटको गतीमा रहेकाले रोक्न नमिल्ने बताएका छन् । निर्वाचन आयोगले विराटनगरमा गरेको कार्यक्रममा उनले निर्वाचन स्थगित गर्न नमिल्ने बताएका हुन् ।

‘गाडी छुटेको हैन, गाडी छुटेको भए ब्रेक लगाउन पनि सकिन्थ्यो । प्लेन भए नजिकै कुनै विमानस्थलमा अवतरण गराउनसक्ने अवस्था पनि रहन्थ्यो,’ उनले भने, ‘अहिले निर्वाचनको रकेट छुटिसकेको छ, गन्तव्यमा पुर्‍याउन नसके दुर्घटना हुन्छ ।’