२०८२ असार ३ मङ्गलबार

राशिफल

घिमिरेले मेयरमा उठ्न नपाएपछि रुँदै छाडे एमाले

काठमाण्डौं : झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार सिफारिसमा नपरेपछि एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका छन्।

मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक ठानेर एमाले छाडेको बताए ।

‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरें, निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरें, तर पार्टीका केही नेताले मेरो अवमुल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरें,’ पत्रकार सम्मेलनमा आँसु खसालेका उनले भने,

‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’