काठमाडौं : स्थानीय निर्वाचनमा रमन कन्स्ट्रसनका मालिक बलराम महतोले जनकपुर उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार दिने घोषणा गरेका छन् ।
गत शनिबार पत्रकार सम्मेलनको आयोजना गरी मेयर पदमा उम्मेदवार दिने घोषणा
उनले गरेका हुन् ।
समयसीमाभित्रै धरहरा ठड्याएर निर्माण व्यवसाय क्षेत्रमा प्रतिष्ठा आर्जन गरेका महतोले कुनै पनि राजनीतिक दलमा आबद्ध नभइ स्वतन्त्र उम्मेदवारी दिने समेत पत्रकार सम्मेलनमा घोषणा गरे ।
केहीको लोभ नभइ अनुभव र क्षमता जनकपुरलाई दिने इच्छा छ भएर उनले मेयरमा उठ्ने चाहाना भएको उनले बताएका छन् ।
उनले भने,‘ मलाई केहीको लोभ छैन, मेरो अनुभव र क्षमता जनकपुरलाई दिने इच्छा छ । यही इच्छा पूरा गर्न मेयर पदमा उम्मेदवारी दिँदैछु ।’
रमन कन्स्ट्रक्सनका संस्थापक बलराम महतोको सम्पूर्ण व्यवसाय यतिबेला दुई छोरा रमन र पवन महतोले सम्हालेका छन् । रमनले अमेरिकामा अध्ययन पूरा गरेर नेपालमा व्यवसाय सम्हाल सुरु गरेका हुन् ।
उनका अर्का छोरा पवनले नेपालबाटै इन्जिनियरिङको अध्ययन पूरा गरेका हुन् । निर्माण व्यवसायमा रमन कन्स्ट्रसनको राम्रो छवी देखिएको छ । निर्माण व्यवसायक बाहेक उनीहरुले अन्य विभिन्न क्षेत्रमा पनि व्यवसाय सञ्चालन गरिरहेका छन् ।
तपाइँको प्रतिक्रीया