काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धनको चुनावी तालमेलसम्बन्धी मोडालिटी आजै टुङ्गो लाग्ने बताएका छन् ।
मोडालिटीबारे टुङ्गो लागेपछि एकीकृत समाजवादी पार्टीले काठमाडौँ महानगरपालिका लिने वा पोखरा लिने भन्नेबारे स्पष्ट हुने खनाले बताए ।
चुनावी गठबन्धनबारे भइरहेको तयारीका सन्दर्भमा भने,‘ ‘महानगर र उपमहानगरमा तालमेल गर्ने प्रक्रिया केन्द्रबाट टुङ्गो लगाउने भनेका छौँ । आज बेलुकासम्म चुनावी तालमेलको मोडालिटी टुङ्गो लगाउँछौँ । ’
देशभरिका ६ वटा महानगरपालिकामध्ये एकीकृत समाजवादी पार्टीले पोखरा महानगरमा दाबी गर्छ कि काठमाडौँमा भन्ने प्रश्नमा खनालले भने, ‘काठमाडौँ लिने कि पोखरा लिने मोडालिटी तयार भएपछि मात्रै भन्न सकिन्छ ।
०७४ सालको स्थानीय तहमा जुन दलले जितेको थियो, त्यसमा भागबण्डा नगर्ने र एमालेले जितेका स्थानीय तहमा मात्रै भागबण्डा गर्ने गरी तालमेल हुन लागेको हो कि भन्ने प्रश्नमा खनालले त्यसलाई अस्वीकार गरे ।
तपाइँको प्रतिक्रीया