काठमाडौं : झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्वार सिफारिसमा नपरेपछि एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेका छन् ।
मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु भन्दा स्वतन्त्र जीवन जिउनु ठीक भएको भन्दै एमाले पार्टी छोडेका हुन ।
उनले ‘३१ वर्षअघि पार्टी सदस्य प्राप्त गरेर निरन्तर रुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरेको उनले बताए ।
तर पार्टीका केही नेताले मेरो अवमुल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरेको पत्रकार सम्मेलनमा आँसु खसाल्दै उनले भने,‘ ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।’
उनले पार्टीमा जीवन विताएपछि जिम्मेवारी र अवसरको आशा गर्नु स्वभाविक भएको भन्दै भने, ‘कसैलाई थपि थपि जिम्मेवारी दिने र कसैलाई अवसरबाट बञ्चिन गर्ने काम एमालेको स्थानीय नेतृत्वबाट भएकाले पनि पाटीृबाट निस्काशन हुनु परेको हो ।’
पत्रकार सम्मेलनमा भावुक भएका उनले आफ्ना आँसुले अन्याय गर्नेहरुलाई पिरोल्ने बताए ।
तपाइँको प्रतिक्रीया