२०८२ असार २ सोमबार

राशिफल

पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनु पर्ने माग राख्दै नेताहरु डेलिगेसनमा काठमाडौँ

काठमाडौं :  सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले दाबी गरेपछि नेपाली कांग्रेस, कास्कीका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका छन् ।

पूर्वमन्त्री यज्ञबहादुुर थापाको नेतृत्वमा जिल्लाका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका हुन् ।

पोखराको मेयर पद छोड्न नसकिने अडानसहित काठमाडौं आएका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई भेट्ने तालिका तय गरेका छन् ।

सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले कांग्रेसलाई ३ महानगर लिएर गठबन्धनका अरु दलका लागि ३ वटा छाड्न प्रस्ताव गरेका छन् ।

काठमाडौं, विराटनगर र ललितपुर लिन प्रस्ताव गरेका उनीहरुले भरतपुर माओवादीले, वीरगञ्ज जसपाले र पोखरा एकीकृत समाजवादीले लिन खोजेका छन् ।