२०८२ असार २ सोमबार

राशिफल

कमल थापाले उल्लेख गरे देशको वर्तमान अवस्थाका ५ चुनौती

काठमाडौं :  राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको वर्तमान अवस्थाका ५ चुनौती रहेको बताएका छन् ।

आज मंगलबार राजधानीमा आयोजित ‘जनताको माझमा राप्रपा नेपालः वर्तमान चुनौती र विकल्प’ विषयक अन्तरक्रियामा बोल्दै थापाले यस्तो उल्लेख गरेका हुन् ।

सोही क्रममा उनले देशको वर्तमान अवस्थाका ५ चुनौतीको रुपमा संकटग्रस्त अर्थतन्त्र, कमजोर राष्ट्रियता, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, धर्म परिवर्तन र भ्रष्टाचारलाई मुख्य रुपमा उल्लेख गरेका छन् ।

उनले राजनीतिक परिवर्तनमार्फत जनस्तरमा परिवर्तन नआएमा राजनीति परिर्वतनको कुनै पनि औचित्य नरहने उनको भनाइ छ ।