२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कैलालीलाई ०६४ सालकै अवस्थामा फर्काउने प्रचण्डको दावी

काठामाडौं  :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले कैलाली जिल्लालाई २०६४ सालकै अवस्थामा फर्काउने दाबी गरेका छन् । जसपाबाट सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरी माओवादी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पुराना माओवादीहरू एक जुट हुन थालेकाले कैलाली बलियो हुने बताए।

पहिलो संविधान सभा निर्वाचनमा कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी जसपाबाट माओवादी प्रवेश गरेपछि स्थानीयतहमा समेत राम्रो प्रभाव पर्ने प्रचण्डले बताएका छन् ।

निर्वाचनको ब्याटल जित्ने बेलामा चौधरीको पार्टी प्रवेशले सकारात्मक सन्देश जाने बताए। यस्तै एमालेसँग एकता गर्दा आफूले कुरा बुझेको समेत प्रचण्डले उल्लेख गरे ।‘