काठमाडौं : नेपाली काँग्रेसले ‘घर घर जाऔं, नेपाली काँग्रेस जिताऔँ’ अभियानमार्फत पार्टी संगठनको पहुँच व्यापक विस्तार भएको बताएको छ ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता प्रकाशशरण महतले पार्टीको आठ वटै संरचना व्यापक रुपमा परिचालन भएको बताएका छन ।
काँग्रेसले फागुन २९ गतेदेखि सुरु भएको काँग्रेसको एक महिने चुनावी अभियानमा चैत २९ गते आज समापन भएको छ । आठ उद्देश्य राखेर सुरु गरिएको एक महिने अभियानले फलदायी भएको प्रवक्ताको भनाइ छ ।
काँग्रेसले संगठन विस्तार, आन्तरिक एकता, कार्यकर्तालाई जिम्मेवारी, काँग्रेसले गरेका कामको प्रचार, ओली सरकारले गरेका काण्डको भण्डाफोर, खोप अभियान, एमसीसीको प्रस्टीकारण लगायत ८ वटै उद्देश्य प्राप्त गर्न सफल भएका उनले उल्लेख गरेका छन ।
यसैगरि अभियानका क्रममा एमाले मत नदिन काँग्रेसले जनतामाझ आग्रह गरेको उनको भनाइ छ नै हुन्छ।’
तपाइँको प्रतिक्रीया