२०८२ जेठ २३ बिहीबार

राशिफल

नेपाल अफगानिस्तानसँग पनि पराजित

काठामाडौं :  एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

छनोटबाट बाहिरिसकेको नेपाल आज मङ्गलवार आफ्नो अन्तिम खेलमा अफगानस्तानसँग आठ–एक गोल अन्तरले पराजित भएको हो ।

किर्गिस्तानको बिश्केकमा भएको खेलमा अफगानिस्तानका लागि अब्दुल गाफरले ह्याट्रिक तथा हामिद रिजा, मोर्टाजा मोहमदी, अलि अमिरि, रिजा करिमि र सायद महदीले एक–एक गोल गरे ।

त्यस्तै नेपालका लागि एक मात्र गोल सुमित श्रेष्ठले गरे ।

छनोटअन्तर्गत नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग पाँच–एक गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग एघार–एक गोल अन्तरले पराजित भएको थियो ।