काठमाडौं : भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत फेरिएको सम्बन्धमा जिल्ला न्यायाधीश हेमन्त रावलले आफ्नै अनुरोधमा मुख्य निर्वाचन अधिकृत हेरफेर गरिएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै न्यायाधीश रावलले आफूलाई सञ्चो नभएको कारण आफ्नै आग्रहमा मुख्य निर्वाचन अधिकृत फेरिएको बताएका हुन् ।
निर्वाचन आयोगले चैत २८ गते भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो ।
यसअघि महानगरको मुख्य निर्वाचन अधिकृत रहेका चितवनका एक नम्बर वरियताका न्यायाधीश हेमन्त रावलको स्थानमा चार नम्बर वरियताका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाइएको सूचना प्रकाशन गरेको थियो ।
तर आयोगले के कति कारणले मुख्य निर्वाचन अधिकृत परिवर्तन गरिएको हो भन्ने सम्बन्धमा केही बताएको छैन ।
तपाइँको प्रतिक्रीया