२०८२ असार ३ मङ्गलबार

राशिफल

नेपालमा लगानी बढाउन तयार छौं  : क्यानडीयन राजदूत

काठमाडौं  :  नेपालका लागि क्यानडाका राजदूत क्यामेरोन डिन क्याक्यीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेटघाट गरेका छन् ।

राजदूत क्यामेरोनले आज मन्त्रालयमै पुगेर नवनियुक्त मन्त्री बडूसँग भेट गरेका हुन् ।

भेटघाटका क्रममा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको जनाइएको छ । छलफलमा मन्त्री बडूले नेपालको विकासमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

यस्तो सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन थप महत्वपूर्ण भूमिका खेल्ने मन्त्री बडूले भनाइ रहेको छ ।

छलफलमा राजदूतले क्यामेरोनले नेपाल सदैव क्यानडाको प्राथमिकतामा रहेको र दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन उद्योग, व्यापार, सूचना प्रविधि, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी बढाउन तयार रहेको बताए ।