२०८२ असार ३ मङ्गलबार

राशिफल

ल्याण्डमार्क होटलले दियो बैंक अफ काठमाण्डूका ग्राहकलाई १२.५ प्रतिशत छुट

काठामाडौं  :  बैंक अफ काठमाण्डू र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार १२.५ प्रतिशत को विशेष छुट उपलब्ध गराइने बैंकले जनाएको छ ।

नयाँ वर्ष २०७९ लाई लक्षित गरी सो सुविधा ल्याण्डमार्क होटल पोखरा र चितवनमा उपलब्ध हुने भएको छ ।