२०८२ जेठ ३१ शुक्रबार

राशिफल

प्राधिकरणले किन्यो एकैसाथ २० विद्युतीय सवारी

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले एकैसाथ २० वटा विद्युतीय सवारी किनेको छ । प्राधिकरणले ‘टाटा नेक्सन ईभी’ किनेपछि प्राधिकरणमा कार्यरत चालकहरु आफूलाई विद्युतीय गाडी चलाउने जिम्मेवारी नदिलाउन भन्दै आन्तरिक ‘लबिइङ’मा लागेका छन् ।

विद्युतीय सवारीमा तेलको सुविधा पनि नपाइने र मर्मत समभार शुल्क ज्यादै न्यून हुने भएकाले अतिरिक्त आम्दनी गुम्ने डरले चालकहरु त्यस्ता सवारी आफूले नचलाउने गरी व्यवस्था गरिदिन प्राधिकरणको उपल्लो तहका अधिकारीलाई आग्रह गरिरहेका छन् ।