२०८२ जेठ २७ सोमबार

राशिफल

च्याम्पियन्स लिग फुटबलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा प्रवेश

काठमाण्डौ  :  च्याम्पियन्स लिग फुटबलमा चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिड चेल्सीसँग ३–२ गोलले पराजित भयो । तर स्पेनिस क्लब रियलले समग्रमा ५–४ को नतिजा निकाल्न सफल भयो ।

पहिलो लेगमा रियल ३–१ गोलले अघि थियो । खेलको अतिरिक्त समयमा करिम बेन्जिमाले गोल गरी रियललाई सेमिफाइनलमा पुर्याउन सफल भए । रियलका रोड्रिगोले खेलको ८० औँ मिनेटमा एक गोल गरेका थिए । चेल्सीका मिसन माउन्ट, रुडिगर र टिमो बार्नरले गोल गरेपनि चेल्सी सेमिफाइनलमा पुग्न सकेन ।

अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग पराजित भएको छ । बायर्न म्युनिख च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेल्दै बायर्न बाहिरिएको हो । भिल्लारियल समग्रमा २–१ को नतिजासहित सेमिफाइनलमा प्रवेश गरेको छ ।