२०८२ असार ३ मङ्गलबार

राशिफल

माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुल्यो

काठमाण्डौ :  शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ ।

योग्यता पुगेका उम्मेदवारले आजदेखि बैशाख २९ गतेसम्म दरखास्त भर्न सक्ने जनाएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर जेठ ५ गतेसम्म दरखास्त दिन सकिनेछ । शिक्षक सेवा आयोगको नियमावली–२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन दरखास्त भर्न सक्ने बुझिएको छ ।