२०८२ जेठ ३१ शुक्रबार

राशिफल

नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टी एकताको घोषणा

काठमाडौं :  नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकीकरण भएको छ ।​ काठमाडौं आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकीकरण पत्रमा हस्ताक्षर गरेर पार्टी एकता भएको घोषणा गरेका हुन् ।


दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन् । दुवै पार्टीबीच राष्ट्रिय मुद्दा र विकासबारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र अनुप पहाडी संघीय परिषद् अध्यक्ष रहने गरि पार्टी एकीकरण जनाइएको छ ।

जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन् । दुई पार्टीबीच विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमति भएको छ ।