काठमाडौं : छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी वहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तीकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाई दुर्व्यवहार पनि गरेका छन् । घट्ना लगत्तै प्रहरी चौकी नुनथलाबाट पुगेको प्रहरीले प्रधानाध्यापक आचार्यलाई नियन्त्रणमा लिएको हो ।
घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी उमेश लम्सालले बताउनुभयो ।
तपाइँको प्रतिक्रीया