२०८२ जेठ ३२ शनिवार

राशिफल

कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीद्धारा राप्रपा परित्याग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् ।

गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छन् ।