काठमाडौं : बझाङको छविसपाथिभेरा गाउँपालिका १ भाँडेबजारस्थित किन्द्राल भिरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदैै गरेको से १ ज ६७६ नम्बरको जिपमाथि भिरबाट ढुङ्गा खस्दा जिप ४०० मिटर तल सेती नदीमा खसेको हो ।
चालक छविसपाथिभेरा गाउँपालिका ३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेत लगिदै छ । दुर्घटनाग्रस्त जिपमा अरू कोही पनि सवार नभएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया