२०८२ असार ३ मङ्गलबार

राशिफल

ओखलढुंगामा जिप दुर्घटना, २ जनाको ज्यान गयो

काठमाडौं :  ओखलढुंगामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जिप आज बुधबार बिहान करिब ९:३० बजे मानेभञ्ज्याङ गाउँपालिका ६ भडारे खोला नजिकै दुर्घटना हुँदा जिपमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।

जिपमा ९ जना सवार रहेकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरुको उद्वारकार्य जारी रहेको जिल्ला प्रहरी ओखलढुङगाका प्रमुख प्रहरी नायव उपरिक्षक सुकदेव खनालले जानकारी दिए । घाइतेहरुको उदयपुरको घुर्मी स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ बुझिएको छ ।

दुर्घटनाका गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार गरेर काठमाण्डौ ल्याउने गर्ने तयारी भइरहेको छ जानकारी दिए ।

सवारी नम्बर, मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।